post-slider post-slider

एसिया कप : नेपाल - भारतबीचको खेल पनि रद्द भए को पुग्ला सुपर–४ मा?

Image
A A

काठमाडौं- एसिया कप २०२३ को पाँचौं खेल सोमबार श्रीलंकाको पल्लेकलमा नेपाल र भारतबीच खेलिँदै छ।

यो समूह ‘ए’ को अन्तिम म्याच हुनेछ। सुपर–४ मा आफ्नो स्थान सुनिश्चित गर्नका लागि यो म्याच दुवै देशका लागि महत्वपूर्ण देखिएको छ।

नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ भने भारतको म्याच वर्षाका कारण रद्द भयो।

नेपाल र भारतलाई सुपर–४ सम्म पुग्न महत्वपूर्ण ठानिएको यो म्याचअघि मौसमसम्बन्धी पूर्वानुमान आएको छ।

नेपाल र भारतबीच अपराह्न ३ : १५ बजे म्याच सुरू हुनेछ। त्यसका लागि २ : ४५ मा टस हुने तय भएको छ।

मौसम विभागले जनाएअनुसार नेपाल–भारतबीचको म्याचका क्रममा वर्षा हुने सम्भावना छ। र, यो म्याच पनि वर्षाका कारण रद्द हुनसक्छ।

कैन्डीमा सोमबार ६० प्रतिशत वर्षा हुने सम्भावना रहेको छ। पल्लेकलमा बिहानै हल्का वर्षा हुने जसले गर्दा म्याच ढिलो गरी सुरू हुनसक्ने अनुमान गरिएको छ।

साँझको समया भारी वर्षाको सम्भावना रहेको बताइएको छ।

म्याच रद्द भए को पुग्ला सुपर–४ मा?

शनिबार भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भयो। जसले गर्दा दुवै टिमले १–१ साझा गर्नुप¥यो।

यदि नेपाल र भारतबीचको खेल पनि वर्षाका कारण रद्द भयो भने दुवै टिमले १–१ अंक पाउने छन्।

त्यसपछि भारतसँग २ अंक हुनेछ भने नेपालको १ अंक। प्वाइन्ट टेबलमा पाकिस्तान पहिलो, भारत दोस्रो र नेपाल तेस्रो स्थानमा हुनेछ।

सोमबारको खेल रद्द भएपछि भारत स्वतः सुपर–४ का लागि क्वालिफाइ गर्नेछ भने नेपाल प्रतियोगिताबाट बाहिरिनुपर्ने हुन्छ। किनभने सुपर–४ मा दुवै समूहबाट शीर्ष दुई टिममात्र छनोट हुनेछन्।

दुवै टिमको सम्भावित प्लेइङ–११

नेपाल : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी

भारत :  रोहित शर्मा (कप्तान), शुभमन गिल, ईशान किसन (विकेटकिपर), विराट कोहली, श्रेयस अय्यर, हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, सार्दुल ठाकुर, कुलदीप यादव, जसप्रित बुमराह र मोहम्मद सिराज

Tags: