post-slider post-slider

गाई काटेको आरोपमा तीन जना पक्राउ

Image
A A

काठमाडौं- गाई काटेको आरोपमा कपिलवस्तुबाट तीन जना पक्राउ परेका छन्।

मासुको भाग लगाउँदै गरेको अवस्थामा कविलवस्तुको बाणगंगा नगरपालिकाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

प्रहरीको टोलीले नगरपालिका–१० पटना भावपुर बस्ने २० वर्षीय सुरज बिक, बुद्धभूमि–१० बस्ने ५५ वर्षीय बर्साती थारू र रूपन्देही कञ्चनपुर गाउँपालिका–५ भैसियाई बस्ने ३० वर्षीय श्रीधर टमटालाई पक्राउ गरेको छ।

घटनास्थलबाट करिब १ क्विन्टल गाईको मासु बरामद भएको प्रहरीले जनाएको छ।

आरोपितहरूलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Tags: