post-slider post-slider

८ वर्षीय बालक विद्यालयको होस्टलमा मृत फेला

Image
A A

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरस्थित  उषा बालवाटिक सेकेन्ड्री स्कुलको होस्टलमा एक बालक मृत भेटिएका छन्।

वीरेन्द्रनगर नगरपालिका– घण्टाघरनजिक रहेको उषा बालवाटिका स्कुलको होस्टलमा दैलेखको चामुण्डा नगरपालिका–१ का ८ वर्षीय सलाम पुलामी मगर मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनी कक्षा २ मा अध्ययनरत थिए।

सलाम होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शुक्रबार साँझ झुन्डिएको अवस्थामा फेला परेको बालकको शव अहिलेसम्म उठाइएको छैन।

घटना शंकास्पद रहेको भन्दै बालकका आफन्तहरूले शव उठाउन दिएका छैनन्।

प्रदेस प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले घटना शंकास्पद रहेको अनुसन्धान भइरहेको बताए।

विद्यालयको होस्टलमा बालक मृत अवस्थामा भेटिएपछि आफन्तहरू आक्रोशित बनेका छन्। आक्रोशित आफन्तहरूले आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।

आक्रोशित भिड घटनाको छानबिन गर्न माग गर्दै तोडफोडमा उत्रिएका छन्। भिडलाई साम्य पार्न प्रहरीले केही सेल अश्रु ग्याससमेत प्रहार गरेको छ।

प्रहरीले विद्यालयका सञ्चालकलाई नियन्त्रणमा लिएको छ।

 

Tags: