post-slider post-slider

विशिष्ट व्यक्तिहरूलाई मापदण्डविपरितको सुविधा फिर्ता गर्न निर्देशन

Image
A A

काठमाडौं- प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विशिष्ट व्यक्तिहरूलाई दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको बिहीबार बसेको बैठकले उनीहरूलाई फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन र समितिलाई जानकारी गराउन निर्देशन दिएको हो।

त्यस्तै सरकारका मन्त्री तथा पदाधिकारीहरूले नियमानुसार पाउनेभन्दा बढी सवारी साधनहरू प्रयोग गरेको भए त्यो पनि फिर्ता गर्न समितिले निर्देशन दिएको छ।

समितिको बैठकले गरेको निर्णयबारे जानकारी दिँदै समिति सभापति रामहरि खतिवडाले मापदण्डविपरित उपलब्ध गराइएका पिएसओ, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिरिषद कार्यालय, गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बताए।

नेपाल सरकारका मन्त्रीहरूलगायत सम्पूर्ण पदाधिकारीहरूले नियमानुसारभन्दा बढी सवारी साधन प्रयोग गरेको भए त्यो पनि नियमभन्दा बाहिर सम्पूर्ण फिर्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृह मन्त्रालयलाई समितिले निर्देशन दिएको छ।

त्यस्तै समितिले सरकारले अत्यावश्यक सेवाका कार्यालयहरू सार्वजनिक बिदाको दिनमा पनि खोल्ने निर्णय गरेकोमा कार्यान्वयनमा प्रभावकारी नभएकाले यो निर्णय पनि कार्यान्वयन गर्न निर्देशन दिएको छ।

 

Tags: