post-slider post-slider

इजरायलमा रहेका सबै विद्यार्थी सुरक्षित स्थानमा स्थानान्तरण भइसके : परराष्ट्र मन्त्रालय

Image
A A

काठमाडौं- नेपालबाट इजरायलमा गएका सबै विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाली दूतावासको टोलीसँग सम्पर्कमा रहेका विद्यार्थीलाई इजरायलले हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने मन्त्रालयको भनाइ छ।

५० भन्दा बढी विद्यार्थीलाई स्थानान्तरण गरिएको जानकारी प्राप्त भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। मुख्य संकट टरेको उनको भनाइ छ। इजरायली सेनाले पनि आफ्नो क्षेत्र नियन्त्रणमा लिइसकेको भन्दै लम्सालले विद्यार्थीहरु र तिनका अभिभावकहरुलाई नआत्तिन आग्रह गरिन्।

सरकारले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्नका लागि हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृती पनि दिएको छ।

इजरायलको अहिलेको संकटको बेला इजरायलका स्थानीय बासिन्दा, सेना, कर्मचारी लगायतसँग डिल गर्न सक्ने, त्यहाँको कानुनी प्रक्रिया बुझेको व्यक्ति दूतावासलाई आवश्यक परेकाले सोमबारको मन्त्रिपरिषद बैठकले अंग्रेजी-हिब्रु भाषा जानेको व्यक्तिलाई काममा लगाउन स्वीकृती दिएको हो।

गत शनिबार प्यालेस्टाइनको चरमपन्थी समूह हमासले इजरायलमा अन्धाधुन्द आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीहरुको मृत्यु भएको थियो। एक जना अझैँ सम्पर्कविहीन छन् भने चार जना घाइते छन्।

Tags: