post-slider post-slider

भारतको मानव मिसन ‘गगनयान’ को परीक्षण उडान सफल

Image
A A

काठमाडौं- भारतको मानव मिसन ‘गगनयान’ को परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ।

अंतरिक्षमा यो भारतको पहिलो महत्वाकांक्षी मानव मिसन हो।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले शनिबार मानव मिसन ‘गगनयान’ को परीक्षण गरेको हो।

भारतीय समयअनुसार बिहान १० बजे भएको परीक्षण उडान सफल भएको इसरोले जनाएको छ।

परीक्षण उडानको सफलताको घोषणा गर्दै इसरो प्रमुख एस.सोमनाथले मिसनमा संलग्न सबैलाई बधाइ दिए।

इसरोले यो मिसनको नाम टिवी–डी १ नाम दिएको छ।

टिवी डी १ परीक्षण उडानका निर्देशक एस शिवकुमानरले भने,‘यो तीन प्रयोगको एक संगम हो। यसबाट हामीले तीनवटा सिस्टमको विशेषतलाई हेरेका छौं जसलाई प्रयोगमार्फत जानकारी लिन चाहिएको थियो। यसको माध्यमबाट हामीले टेस्ट व्हीकल, क्रू एस्केप सिस्टम र क्र्रू मोड्युलबारे पहिलो प्रयासमै सफलतापूर्वक प्रदर्शन गरेका छौं।’

 

Tags: