post-slider post-slider

राजनीतिको अपराधिकरण कांग्रेसलाई स्वीकार्य छैन : गगन थापा

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीलाई राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण स्वीकार्य नभएको बताएका छन।

मंगलबार प्रतिनिधिसभा बैठकमा ‘केन्दी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथिको सामान्य छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

महामन्त्री थापाले यो विधेयकमार्फत अपराधीलाई जोगाउने प्रावधान ल्याइएको बताए।

कांग्रेसलाई राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण स्वीकार्य नभएको भन्दै उनले विधेयकको भारी नबोक्न कानुनमन्त्रीलाई आग्रह गरे। 

‘यो विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत जघन्य अपराधमा जोगाउने गरी जुन प्रावधान ल्याएको छ, नेपाली कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणको व्यवस्था हामीलाई स्वीकार्य छैन। माननीय कानुनमन्त्रीलाई मेरो आग्रह पनि छ, २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो। यसको भारी नबोक्नुस्। यसलाई बिसाउनुस्। यसलाई हटाउनुस्,’ उनले भने।

२०७४ सालमा नेकपाको सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ को नाममा चरम दुरूपयोग गरेको थापाले बताए।

थापाले बहुमतको आधारमा सरकारले संसदलाई हेप्ने गरेको आरोप लगाए। सरकारले संसद र सांसदलाई हेपेर यो विधेयक ल्याएको उनको भनाइ थियो।

‘यो विधिशास्त्रको मान्यताको खिलाफ हो। यसरी विधेयक ल्याउनु भनेको हिजो पनि संसदलाई हेपेको हो, आज पनि संसदलाई हेपेको हो,’ उनले भने,‘संसदीय व्यवस्थामा सरकारलाई के लाग्छ भने मसँग बहुमत छ, मैले जे ल्याए पनि पारिह हुन्छ। यो हामीलाई हेपेको हो। हामी हेपिने कि नहेपिने यसपटक देखाउनुपर्ने छ,’ उनले भने।

 

 

Tags: