post-slider post-slider

यू–१९ एसिया कप : पाकिस्तानविरूद्ध नेपालको खराब सुरूवात

Image
A A

काठमाडौं- एसिसी अन्डर–१९ एसिया कपको पहिलो खेलमा नेपालले शुक्रबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडमी ओभल–२ मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ।

पाकिस्तानविरूद्ध पहिले ब्याटिङ गरेको नेपालले खराब सुरूवात गरेको छ। १४‌.३ ओभरमा ३६ रन जोड्न नेपालले तीन विकेट गुमाइसकेको छ।

कप्तान देव खनाल १३ बलको सामना गरेर शून्य रनमा आउट भएका छन्। त्यस्तै तिलक भण्डारी ७ र आकाश त्रिपाठी ६ रन बनाएर आउट भएका छन्।

यसअघि एसिसी अन्डर–१९ मा नेपालले दुईपटक पाकिस्तानसँग प्रतिस्पर्धा गरिसकेको छ। दुवै खेलमा नेपालले हार बेहोर्नुपरेको थियो।

जारी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। यो समूहमा बलिया टिमहरू भारत, पाकिस्तान र अफगानिस्तान छन्।

समूह ‘बी’ मा आयोजक युएई, जापान, बंगलादेश र श्रीलंका छन्।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

आजको खेलपछि नेपालले अब मंसिर २४ मा अफगानिस्तान र मंसिर २६ मा भारतसँग प्रस्पिर्धा गर्नेछ।

मंसिर २९ मा प्रतियोगिताको दुवै सेमिफाइनल र पुस १ गते फाइनल हुने कार्यतालिका छ।

समूह चरण पार गर्न नेपाललाई सुरूमै पाकिस्तान र भारतजस्ता बलिया टिमलाई पन्छाउनुपर्ने हुन्छ।

एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने अन्डर–१९ विश्वकप तयारीको रूपमा समेत लिइएको छ।

नेपालले एक महिनाअघि मलेसियामा सम्पन्न एसिसी अन्डर–१९ प्रिमियर कप उपाधि जित्दै एसिया कपमा स्थान सुनिश्चित गरेको थियो।

 

Tags: