post-slider post-slider

सर्वोच्चको न्यायाधीशमा शर्माको नाम अनुमोदन

Image
A A

काठमाडौं- सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न न्यायपरिषदले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो।

योग्यता, क्षमता र अनुभवको आधारमा शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले जानकारी दिए।

शर्मामाथि संसदीय सुनुवाइ समितिमा कुनै पनि उजुरी परेको थिएन।

न्याय परिषदको १० भदौमा बसेको बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नेछन्।

 

Tags: