post-slider post-slider

न्यूरोडको सुन गाल्ने कारखानामा प्रहरीको छापा, एक जना पक्राउ

Image
A A

काठमाडौं- काठमाडौंको न्यूरोडमा तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेर एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मारेर एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलाली घर भएका ४१ वर्षीय पदमप्रसाद पाण्डे छन्।

उनले न्यूरोडमा सुन पसल चलाउनुका साथै अवैध सुन गाल्ने कारखानासमेत सञ्चालन गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसेको अवस्थामा रहेको छ।

 

Tags: