post-slider post-slider

संसद भवनमा प्रहरी जवानले आफैंले बोकेको इन्सास राइफलले गोली हानेर गरे आत्महत्या

Image
A A

काठमाडौं- नयाँ बानेश्वरस्थित प्रतिनिधिसभामा डिउटीमा खटिएका प्रहरी जवानले आत्महत्या गरेका छन्।

दोलखा मेलुङ गाउँपालिका-४ घर भएका २२ वर्षीय प्रहरी जवान अजित गोलेले बुधबार बिहान आफूले बोकेको राइफलबाट गोली हानी आत्महत्या गरेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार गोलेले बिहान ८:२ बजे संसद भवनको पश्चिमपट्टीको २ नम्बर गेटनजिकैको शौचालयमा आफूमाथि गोली हानेका थिए।

उनले शौचालय गएर इन्सास राइफलबाट निधारमा गोली हानेको पाइएको अधिकारीले बताए।

उनको सवा ८ बजे मृत्यु भएको उनले बताए। गोले विशेष कार्यदल कपन दरबन्दी भई संघीय संसद सुरक्षा वेसमा कार्यरत् थिए।

घटनाबारे अनुसन्धान भइरहेको अधिकारीले बताए।

Tags: