post-slider post-slider

टि–२० विश्वकप छनोट : नेपालाई ओमानले दियो १४६ रनको लक्ष्य

Image
A A

काठमाडौं- टि–२० विश्वकप एसिया छनोट प्रतियोगितामा ओमानले नेपालसामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो।

ओमानका लागि जिसन मस्कुदले सर्वाधिक ३२ रन बनाए। त्यस्तै कश्यप प्रजापति ८, प्रतीक अथवाले २४, आकिब इयास २, सोहब खान शून्य, अयान खान १८, नसीम खुसी २५ र सकील अहमदले २२ रन बनाए।

नेपालका लागि करण केसीले ३, सोमपाल कामी र सन्दीप लामिछानेले २–२ तथा गुल्शन झा र अविनास बोहोराले १–१ विकेट लिए।

दुई समूहमा विभाजन गरिएको छनोट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ मा नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन्।

त्यस्तै समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत र युएई छन्।

समूह ‘ए’ का सबै खेल त्रिवि मैदान र समूह ‘बी’ का सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन्।

२० कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहका शीर्ष टिम सेमिफाइनलमा पुग्नेछन्। र, सेमिफाइनमा पुग्ने दुई टोली सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि–२० विश्वकपका लागि एसिया क्षेत्रबाट क्वालिफाइ गर्नेछन्।

 

Tags: