post-slider post-slider

हमासको बलियो ‘किल्ला’ कब्जा गरेको इजरायलको दाबी

Image
A A

काठमाडौं- इजरायलले आफ्नो सेनाले उत्तरी गाजापट्टीमा हमासको किल्लामाथि कब्जा गरेको दाबी गरेको छ।

गाजामा  स्थल आक्रमणमार्फत इजरायल डिफेन्स फोर्स (आइडिएफ) ले हमासको बलियो किल्लामा कब्जा गरेको त्यहाँको सेनाले दाबी गरेको हो।

त्यस क्रममा एन्टी ट्यांक मिसाइल र लन्च प्याड, ठूलो मात्रामा हतियार बरामद गर्नुका साथै गोप्य सूचना संकलन गरिएको इजरायलले बताएको छ।

हमासले सञ्चालन गरिरहेको गोप्य र प्राविधिक नेटवर्कलाई निशाना बनाइएको इजरायली सेनाको भनाइ छ।

गाजास्थित एक भवनलाई लक्षित गरेर गरिएको हमलापछि भएको विस्फोटपछि त्यहाँ हतियारको भण्डार रहेको भन्ने खुलेको इजरायलले बताएको छ।

इजरायल र हमासबीच जारी संघर्षका क्रममा अहिलेसम्म १० हजारभन्दा बढी प्यालिस्टाइनीको मृत्यु भएको छ।

हमासले ७ अक्टुबरमा आक्रमण गरेयता इजरायलले ठूलो सैन्य अभियान सुरू गरेको छ।

हमास आक्रमणपछि इजरायलले लगातार गाजामा बमबारी गरिरहेको छ। युद्धविरामका लागि भइरहेको अपिललाई इजरायलले खासै मतलब गरेको छैन।

 

Tags: