post-slider post-slider

एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी

Image
A A

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेल्टा भिगोलाई पराजित गरेको छ। 

शनिबार राति सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई २-१ गोल अन्तरले पराजित गरेको हो। 

रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र भिनिसियस् जुनियरले एक एक गोल गरेका हुन्। त्यस्तै, सेल्टा भिगोका लागि एक गोल विलियट स्वेडबर्गले गरेका थिए।

यो जितपछि रियल म्याड्रिडको १० खेलमा २४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको बार्सिलोनाको ९ खेलमा २४ अंक रहेको छ। 

त्यसैगरी, सेल्टा भिगोको १० खेलमा १३ अंक रहेको छ र लिगमा दसौं स्थानमा छ। 

Tags: