post-slider post-slider

सबइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

Image
A A

काठमाडौं। बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सब इन्जिनियर (करार) टिकाराज राईसहित दुई जनाले घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सब इन्जिनियर राई र ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध घुस लिई भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी दिए ।

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिएका टोलीले राईलाई सेवाग्राहीबाट लिएको ८० हजार घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

राई र ठेकेदार रामचन्द्र सुनुवारले आपसी मिलोमतोमा निर्माण भएको घरको नक्सा संशोधन गरी घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेको अनुसन्धानबाट पुष्टि भएको सहायक प्रवक्ता थपलियाले जानकारी दिए ।

राई र सुनुवारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बममोजिनको कसुरमा बिगो ८० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुने विज्ञप्तिमा उल्लेख छ ।

Tags: