post-slider post-slider

इजरायल घटनालाई राजनीतिकरण नगरौं : परराष्ट्रमन्त्री

Image
A A

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत र पार्टीगत रूपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन्।
 
इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारेमा संसदको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै उनले यस्तो आग्रह गरेका हुन्।

मन्त्री साउदले हमास समूहको आक्रमणपछि इजरायलको अवस्था संवेदनशील रहेको जानकारी दिँदै अहिलेको अवस्थालाई राजनीतिककरण नगर्न पनि आग्रह गरे। 

‘अवस्था संवेदनशील छ। त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ,’ उनले भने,‘यो अवस्थालाई राजनीतिकरण नगरौं।’

 

Tags: