post-slider post-slider

रवि लामिछानेलाई सहकारी ठगी साथै संगठित अपराधको मुद्दामा अनुसन्धान हुने

Image
A A

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ।

प्रहरीले लामिछानेविरुद्ध अनुसन्धान गर्न अदालतबाट लिएको अनुमतिमा सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न भनिएको हो।  

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्बन्धी मुद्दामा कात्तिक २ गते  लामिछानेलाई पक्राउ गर्न अनुमति जारी भएको पत्रमा उल्लेख छ।

पत्रमा सहकारी ऐनले लामिछानेलाई ठगी तथा संगठित अपराध सम्बन्धि विषयमा अनुसान्धानको सिलसिलमा पक्राउ गर्न अदालतले अनुमति दिएको उल्लेख छ।

लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतमा पक्राउ अनुमति मागेको थियो। लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउलगत्तै शनिबार बिहान राति कास्की पुर्‍याएको छ। 

लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ। सहकारी ठगीसम्बन्धी जाँचबुझ आयोगले उनलाई दोषी ठहर गरेको थियो। 

उक्त ठगीमा मुछिएका रविका पार्टनर जिबी राई भने फरार छन्।

 

Tags: