post-slider post-slider

विदेशबाट ल्याइएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

Image
A A

काठमाडौं - विदेशबाट ल्याइएका आइफोन र एक लाखमाथिका मोबाइल फोनमा १० हजार रूपैयाँ कर लाग्ने भएको छ।

अन्य स्मार्टफोनमा तीन हजार र स्मार्टफोनबोहकका मोबाइलमा दुई सय कर लाग्ने व्यवस्था सरकराले ल्याएको हो।

२०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणालीमा दर्ता नभएका मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले फोनसेटको आइआएमईआई नम्बर उल्लेख गरी एकमुस्ट महसुलवापत यस्तो कर बुझाउनुपर्नेछ।

तर, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गइ ६ महिनाभन्दा बढी अवधि विदेशमा बसेर फर्केकका नागरिकले प्रमाण पेस गरे त्यस्ता व्यक्तिले एक थान मोबाइल फोन दूरसञ्चार प्राधिकरणले निःशुल्क दर्ता गर्ने आर्थिक विधेयक २०८० मा भनिएको छ।

त्यस्तै सरकारले वैदेशिक रोजगारीमा जानेलाई एक प्रतिशत सेवा शुल्क लगाएको छ। यो रकम वैदेशिक रोजगारमा जाने व्यक्तिको हितमा खर्च गरिने आर्थिक विधेयकमा उल्लेख छ।

यस्तो सेवा शुल्क वैदेशिक रोजगार व्यवसायीले हरेक महिनाको २५ गतेभित्र राजस्व खतामा जम्मा गरी सोको विवरण सम्बन्धित राजस्व कार्यालयमा पठाइ सक्नुपर्नेछ।

यस्तो शुल्क दाखिला नगरेमा १५ प्रतिशतका दरले ब्याज लगाइ असुल गरिने आर्थिक विधेयकमा भनिएको छ।

 

Tags: