post-slider post-slider

राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेटवार्ता

Image
A A

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

आइतबार राष्ट्रपति भवन शीतल निवास पुगेर महासचिव गुटेरेसले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन्।

भेटका क्रममा उनले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरबारे छलफल गरेका थिए।

राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघ लामो समयदेखि नेपालको विकास साझेदारको रूपमा रहेको बताए।

संयुक्त राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकता तथा महत्वमा राखेको उनको भनाइ थियो।

संयुक्त राष्ट्रसंघ तथा यसअन्तर्गत विशिष्टीकृत एजेन्सी, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवं दिगो विकास लक्ष्य प्राप्तिमा पु¥याएको निरन्तर सहयोग र योगदानका लागि राष्ट्रपति पौडेलले धन्यवादसमेत व्यक्त गरेका थिए।

यसअघि महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका थिए।

चारदिने नेपाल भ्रमणमा रहेका उनले सोमबार र मंगलबार पोखरा, लुम्बिनी, सोलुखुम्बुस्थित सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प र मंगलबार संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

 

Tags: