post-slider post-slider

कोसी प्रदेस : जोगिएला मुख्यमन्त्री कार्कीको कुर्सी?

Image
A A

काठमाडौं- अल्पमतमा परेपछि अध्यादेशबाट बजेट ल्याएका कोसी प्रदेसका मुख्यम हिक्मत कार्कीले बिहीबार विश्वासको मत लिँदैछन्।

जनता समाजवादी पार्टी (जसपा) ले १७ जेठमा सरकारमा सहभागी स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

मुख्यमन्त्री कार्कीले दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ।

एमाले संसदीय दलको बैठकले प्रदेससभामा प्रतिनिधित्व गर्ने दलहरूसँग औपचारिक रूपमा विश्वासको मत माग्ने र बैठककमा प्रस्ताव पेस गर्ने निर्णय गरेको छ।

प्रदेससभामा अहिले कायम अंकगणितअनुसार एमालेका मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने अवस्था छैन।

९३ सदस्यीय प्रदेससभामा विश्वासको मत प्राप्त गर्न ४७ सांसदको समर्थन आवश्यक हुन्छ।

प्रदेससभामा अहिले सत्तारुढ एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी ४६ सांसदको मात्र समर्थन कार्कीलाई छ।

यो अवस्थामा बजेटसम्बन्धी अध्यादेश प्रदेससभा बैठकमा छलफलमा समेत नगइ अस्वीकृत हुने जोखिम छ।

प्रतिपक्षमा गठबन्धन दल नेपाली कांग्रेसका २९, माओवादीका सभामुख बाबुराम गौतमसहित १३, नेकपा (एकीकृत समाजावदी) का ४ र जसपाका १ गरी ४७ प्रदेस सांसद छन्।

मुख्यमन्त्री कार्कीलाई बहुमत पु¥याउन एक जना प्रदेस सांसद अपुग देखिए पनि विश्वासको मतका लागि दुई जना प्रदेस सांसद आवश्यक देखिन्छ।

कार्कीले ४७ सांसदको समर्थन जुटाएर प्रदेससभा बैठकमा विश्वासको मत लिने अवस्थामा सभामुख अनुपस्थित भइदिए उपसभामुखले बैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ।

त्यस्तो अवस्थामा संवैधानिक व्यवस्थाअनुसार बराबर मत भएपछि मात्रै बैठकको अध्यक्षता गर्नेले निर्णायक मत दिन पाउँछन्।

तर, सभामुखसहित थप एक प्रदेस सांसद अनुपस्थित भएको अवस्थामा प्रतिपक्षमा ४५ मतमात्रै हुन जाने भएकाले मत बारबर नहुने स्थिति हुन्छ।

त्यसैले मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गर्न गठबन्धन दलका दुई प्रदेस सांसदको समर्थन प्राप्त गर्नुपर्ने बाध्यात्मक अवस्था छ।

तर, गठबन्धन दलले प्रत्येक सांसदलाई निगरानीमा राखेर विश्वासको मत विफल बनाउने तयारीमा जुटेका छन्।

विश्वासको मत पाउने अवस्था नभए मुख्यमन्त्री कार्कीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खोलिदिने संकेत गरेका छन्।

मधेस प्रदेसमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेले विश्वासको मत दिएकाले यो पार्टीले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने विश्वास सत्तारुढ दलको छ।

त्यो नभए माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रदेस सांसदलाई तानेर भए पनि श्वासको मत लिने तयारी कार्कीले गरेको बताइएको छ।

यति गरेर पनि विश्वासको मत प्राप्त गर्ने अवस्था नभए प्रदेससभा बैठकमा सम्बोधन गरेर पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खोलिदिने मुख्यमन्त्री कार्कीको तयारी छ।

 

Tags: