post-slider post-slider

जिम्बाबेका पूर्वकप्तान हिथ स्ट्रिकको निधन

Image
A A

काठमाडौं- जिम्बाबे क्रिकेटका पूर्वकप्तान हिथ स्ट्रिकको निधन भएको छ।

४९ वर्षीय स्ट्रिकको उपचारको क्रममा निधन भएको हो।

स्ट्रिककी पत्नी नादिया स्ट्रिकले सामाजिक सञ्जालमा उनको निधन भएको जानकारी दिएकी छन्।

स्ट्रक लामो समयदेखि क्यान्सरबाट पीडित थिए। उनले जिम्बाबेका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा ६५ टेस्ट र १८९ एकदिवसीय म्याच खेलेका छन्।

स्ट्रिक कोलन र लिवर क्यान्सरबाट पीडित थिए। उनको उपचार साउथ अफ्रिकामा चलिरहेको थियो।

स्ट्रिकले १९९३ देखि २००५ सम्म् ६५ टेस्ट र १८९ एकदिवसीय म्याचमा जिम्बाबे क्रिकेट टिमको प्रतिनिधित्व गरेका थिए। उनले टेस्टमा २१६ र एकदिवसीयमा २३९ विकेट लिएका थिए।

जिम्बाबेको तर्फबाट टेस्ट र एकदिवसीय क्रिकेटमा सयभन्दा बढी विकेट लिने स्ट्रिक एकमात्र खेलाडी हुन्।

जिम्बाबेका तर्फबाट एकदिवसीय म्याचमा दुई सयभन्दा बढी विकेट लिने एकमात्र क्रिकेटर हुन्। त्यस्तै टेस्ट म्याचमा पनि सयभन्दा बढी विकेट लिने पनि उनी एकमात्र खेलाडी हुन्।

उनले ६८ एकदिवसीय क्रिकेटमा कप्तानी गरेका थिए। जसमध्ये १८ मा जित र ४७ मा हार भोग्नु परेको थिए।

त्यस्तै स्ट्रिकको नेतृत्वमा खेलिएको २१ टेस्टमध्ये जिम्बाबेले चार खेलमा जित हासिल गरेको थियो।

क्रिकेटबाट सन्यास लिएपछि उनी अन्तर्राष्ट्रिय टिमका कोच बनेर काम गरेका थिए।

उनी आइपिएलको कोलकत्ता नाइटराइडर्ससँग पनि जुडेका थिए।

 

Tags: