post-slider post-slider

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत फेस गर्ने

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत फेस गर्ने भएका छन्।

प्रधानमन्त्री प्रचण्डले असाए २८ गते विश्वासको मत लिने गरी संसदको कार्यसूचीमा राख्न सभामुखलाई पत्र पठाएका हुन्।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संविधानको व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन्।

कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि प्रचण्ड नेतृत्वको गठबन्धन भत्किएको थियो।

नयाँ गठबन्धन बन्ने भएपछि नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिइसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका मन्त्री भने पदमै छन्।
 

Tags: