post-slider post-slider

गृहयुद्धको सँघारमा भारतको मणिपुर!

Image
A A

काठमाडौं- भारतीय सेनाबाट अवकाश पाएका एक वरिष्ठ सैन्य अधिकारीले साम्प्रदायिक हिंसाबाट आक्रान्त भारतको पूर्वोत्तर राज्य मणिपुरको अवस्थाप्रति केही दिनअघि चिन्ता व्यक्त गरे। मणिपुर उनको गृहराज्य हो।

‘राज्य अहिले ‘राज्यविहीन’ छ,’ एल निशिकान्त सिंहले ट्विट गरे,‘लिबिया, लेबनान, नाइजिरिया, सिरिया आदिमा जस्तै जोसुकैले जुनसुकै बेला धन र जनमा क्षति पु¥याउन सक्छ।’

साम्प्रदायिक हिंसाबाट पीडित भएको झन्डै साढे दुई महिनापछि धेरैलाई मणिपुर गृहयुद्धको संघारमा पुग्न लागेको लागेको छ।

राज्यमा बहुसंख्यक मैतेई समुदाय र कुकी समुदायबीच भएका भिडन्तहरूमा सयभन्दा बढीको मृत्यु भइसकेको  भने ४ सयभन्दा बढी घाइते भएका छन्।

झन्डै ६० हजार मानिस विस्थापित भएका छन्। उनीहरू ३५० वटा शिविरमा आश्रय लिन बाध्य छन्।

राज्यमा फैलिएको हिंसा नियन्त्रण गर्न सेना, अर्धसैनिक बल र प्रहरीका गरी झन्डै ४० हजार सुरक्षाकर्मी परिचालित छन्।

प्रहरीका कोतबाट भिडले लुटेका ४ हजारभन्दा बढी हतिारमध्ये हिंसा सुरू भएपछि स्वेच्छापूर्वक केवल एकचौथाइ फिर्ता गरिएको छ।

लडाइँ गरिरहेका दुई समुदायबीच अविश्वासको तह अझ चुलिएको छ। दुवै समुदायले सरकारी सुरक्षाबलले ‘पक्ष लिएको’ आरोप लगाएका छन्।

भिडले दुई सयभन्दा बढी गिर्जाघर र १७ वटा मन्दिरमा क्षति पु¥याएका छन्। राज्यका मन्त्री र विधायकहरूका घरमा आक्रमण र आगजनी भएको छ।

जनजीवन अस्तव्यस्त छ। रात्रिकालीन कफ्र्यु लगाइएको छ, विद्यालयहरू बन्द छन् र इन्टरनेट सेवा पनि अवरूद्ध छ।

प्रदर्शनकारीहरूले सामान आपूर्ति गर्न प्रयोग हुँदै आएको एउटा मुख्य राजमार्ग बन्द गरिदिएका छन्। हत्या र आगजनीका घटना पनि फाट्टफुट्ट हुने गरेका छन्।

‘युद्धविराम’ को मध्यस्थता गर्नका लागि संघीय सरकारले शान्ति बनाउन गरेको प्रस्तावप्रति कोही उत्साहित देखिँदैनन्।

‘मणिपुरको इतिहासमा यो सबैभन्दा अँध्यारो क्षण हो,’ नर्थइस्ट इन्डिया विमिन इनिसिएटिभ फर पिससँग आवद्ध बीनालक्ष्मी नेप्रम भन्छिन्,‘हिंसा सुरू भएपछि घरहरू जलाइए, भिडले कुटीकुटी मानिसहरूलाई मा¥यो, जलायो र यातना दियो। मणिपुरको आधुनिक इतिहासमा यसअघि कहिल्यै पनि यस किसिमको हिंसा भएको थिएन।’

अशान्त पूर्वोत्तर भारतका आठवटा राज्यमा ४ सयभन्दा बढी समुदायका ४.५ करोड मानिस बसोबास गर्छन्।

यो क्षेत्रमा विभिन्न समुदायबीच शान्ति कायम गराउन थालिएका वार्ताहरू वर्षौंदेखि लम्बिएका छन्। म्यान्मारको सीमासँग जोडिएको मणिपुरमा साम्प्रदायिक हिंसा नैलो भने होइन।

मणिपुरमा ३३ वटा जातीय समुदायको बसोबास छ। यो राज्यमा विविधता छ, अनि चर्को विभाजन पनि। त्यहाँ झन्डै ४० वटा विद्रोही समूहहरू सक्रिय छन्। मैतेइ, नागा र कुकुी विद्रोहीहरूले लामो समयदेखि सशस्त्र अभियान चलाउँदै आएका छन्।

तिनले बेलाबेलामा भारतीय सुरक्षाबलमाथि आक्रमण गर्छन्। सुरक्षाबललाई खानतलासी गर्ने र खोस्ने अधिकार दिने ‘एएफएसपिए’ जस्ता विद्रोही दमन गर्न ल्याइएका कानुनहरूसँग ती समूह बिच्किएका छन्।

आफ्ना लागि छुट्टै राज्यको माग गर्दै मैतेई, नागा र कुकी लडाकुहरूले एकअर्कासँग लडाइँ पनि गरेका छन्।

मणिपुरको अनुमानित जनसंख्या ३३ लाख छ। त्यसमध्ये आधाभन्दा बढी मानिस मैतेई समुदायका हुन्।

कुकी र नागा समुदाय दुवैको जोड्दा तिनको जनसंख्या ४३ प्रतिशत पुग्छ। ती दुई जनजाति समुदाय पहाडी भेगमा बस्छन्।

अधिकांश मैतेइहरू हिन्दु हुन् भने अधिकांश कुकीहरू इसाई धर्म मान्छन्।

मणिपुरमा पहिला भिन्नाभिन्ने सम्प्रदाय र धार्मिक समूहकाबीच भएका भिडन्तहरूमा सयौं मानिसको ज्यान गएको छ।

‘यसपालि द्वन्द्व साम्प्रदायिक छ, धर्मका आधारमा हैन,’ द फ्रन्टिअर मणिपुर पत्रिकाका सम्पादक धिरेन ए सादोक्पा भन्छन्।

मे महिनामा ठूलो हिंसा भड्कियो। मैतेइ समुदायले आफूलाई जनजातिको मान्यता दिनुपर्ने माग राखेपछि कुकुी समुदायले त्यसको विरोध गर्दा तनाव चर्किएको थियो।

तर, मणिपुरमा विस्फोटक रूपमा साम्प्रदायिक हिंसा फैलिनु त्यो मात्र एउटा कारण होइन।

लामो समयदेखि चलिरहेको विद्रोह, लागुपदार्थकविरूद्ध चालिएको एउटा विवादस्पद अभियान, सीमापारि म्यान्मारबाट हुने अवैध आप्रवसन, जमिनका लागि हुने खिचातानी, रोजगारीका लागि कम अवसरजस्ता विभिन्न कुराको जटिल जालोसँग त्यहाँको तनाव सम्बन्धित छ।

लागुपदार्थ कारोबारमा राजनीतिकर्मीहरूको ‘संलग्नता’ र राजनीतिकर्मी र विद्रोहीबीच विद्यमान ‘सम्बन्ध’ का कारण त्यहाँको अस्थिरता अझ बढेको विज्ञहरूले औँल्याएका छन्।

मणिपुरमा भारतीय जनता पार्टी (भाजपा) को सरकार छ। त्यहाँका मुख्यमन्त्री एन बिरेन सिंह मैतेई समुदायका हुन्। 

उनले ‘लागुपदार्थविरूद्ध युद्ध’ भन्दै चलाएको अभियान विवादस्पद बनेको छ।

यो अभियानले अफिम खेती गर्न नदिने लक्ष्य राखेको छ। राज्य सरकारले सन् २०१७ देखि मणिपुरमा १८ हजार एकडभन्दा बढी क्षेत्रफलमा लगाएको अफिम खेती नष्ट गरेको दाबी गरेको छ।

अफिम खेती गरिएका अधिकांश ठाउँहरू कुकी समुदाय बसोबास गर्ने क्षेत्रमा पर्छन्। पूर्वोत्तर भारतका अरू तीन राज्यसहित यसको सीमा विश्वमै सबैभन्दा धेरै अफिम उत्पादन गर्ने देशमध्ये चौथो स्थानमा रहेको म्यान्मारसँग जोडिएको छ।

सिंहको यो अभियानले कुकी समुदायको एक भाग र  सरकारबीच विभाजन बढाए जस्तो देखिन्छ। उनले अफिम खेती गर्ने गाउँहरूलाई सरकारले दिने मान्यता तथा कल्याणकारी सेवासुविधा खोसिदिने चेतावनी दिएका छन्। ती गाउँहरू प्रायः कुकी समुदायका हुन्।

मार्च महिनामा उनले एउटा टिभी न्युज च्यानलाई अन्तर्वार्ता दिँदै,‘संरक्षित वनजङ्गल अतिक्रमण गरेर अफिम रोप्ने र लागुपदार्थको कारोबार गर्ने केही कुकीहरूविरूद्ध सरकार लगाएको बताएका थिए।’

त्यही महिना कुुकीहरूले पहाडी जिल्लामा सरकारले छानीछानी आफ्नो समुदायलाई निसाना बनाएको भन्दै ठूलो विरोध प्रदर्शन गरे।

मुख्यमन्त्री सिंहको सरकारले कुकी विद्रोही समूहहरूले कुकी समुदायलाई उकासेको आरोप लगायो।(बिबिसीबाट)

 

 

Tags: