post-slider post-slider

प्रहरी समायोजनको माग गर्दै मधेस सरकारले प्रधानमन्त्रीलाई ज्ञापन बुझाउँदै

Image
A A

काठमाडौं-प्रहरी समायोजनलगायतका माग राख्दै मधेस प्रदेस सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउने भएको छ।

बिहीबार बिहान साढे १० बजे मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा प्रदेस सरकारका मन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन लागेको हो।

सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको आमसञ्चार प्राधिकरण मधेस प्रदेसका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए।

मुख्यमन्त्री यादवसहित प्रदेस सरकारका मन्त्री एवं राजनीतिक दलका नेताहरू प्रहरी समायोजन, गुठीको जग्गा, वनलगायतका अधिकार प्रदेस सरकारमातहत ल्याउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो।

मुख्यमन्त्री यादवले प्रहरी समायोजन टुंग्याउन, गुठी अधिनस्त जग्गा र वनसम्बन्धी अधिकार प्रदेस सरकार मातहत ल्याउन संघ सरकारलाई ३० दिनको अल्टिमेटम दिएको छ।

३० दिनभित्र यी मागहरू पूरा नभए काठमाडौंको माइतीघर मण्डलामा मन्त्रीहरूसहित धर्ना दिने उनले चेतावनी दिएका छन्।

सबैभन्दा पहिले मधेस प्रदेसले प्रहरीसम्बन्धी विधेयक ल्याए पनि समायोजन नटुंगिँदा कार्यान्वयनमा आउन सकेको छैन।

संविधानमा उल्लिखत अधिकारीहरू प्रदेस सरकारलाई हस्तान्तरण गर्न संघीय सरकार आलटाल गरिरहेको मुख्यमन्त्री यादवले बधुबार जनकपुरमा पत्रकार सम्मेलन गरेर आरोप लगाए।

प्रदेस सरकार कार्यान्वयनमा आएको ६ वर्षसम्म अधिकार हस्तान्तरण नगर्ने कामले संघीयतालाई कमजोर बनाउने मुख्यमन्त्रीसहित मन्त्रीहरूले आरोप लगाएका छन्।

 

Tags: