post-slider post-slider

राष्ट्रियसभा निर्वाचन : आज रातिदेखि मौन अवधि

Image
A A

काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरू हुने भएको छ।

निर्वाचन आयोगले राति १२ बजेदेखि मौन अवधि लागू गरेको हो। मौन अवधि सुरू भएसँगै प्रचारप्रसारमा निषेध हुने आयोगले जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्मका लागि प्रचारप्रसार निषेध गरिएको जानकारी दिए।

यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइनेछैन।

यस्तै कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन नहुने आयोगले जनाएको छ।

राष्ट्रियसभा सदस्यका लागि यही माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेसमा मतदान हुँदैछ।

६ वर्षे कार्यकाल सकेर रिक्त हुन लागेका १९ जना सदस्यको ठाउँमा निर्वाचन हुन लागेको हो। २० जनाको कार्यकाल सकिने भए पनि एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन्।

यो निर्वाचनमा विभिन्न प्रदेस र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट १९ जना निर्वाचित हुनेछन्।

 

Tags: