post-slider post-slider

पाँच महिनामा ११ अर्ब बढीको विद्युत निर्यात

Image
A A

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले पाँच महिनामा ११ अर्ब ८० करोड २८ लाख रूपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ।

प्राधिकरणले गत जेठदेखि असोजसम्म यो परिणाम बराबरको विद्युत भारततर्फ निर्यात गरेको हो।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरू गरेको थियो।

प्राधिकरणले चालु आर्थिक वर्ष २०८० / ८१ को साउन, भदौ र असोज तीन महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रूपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ।

असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रूपैयाँको विद्युत निर्यात गरिएको छ।

तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट १० रूपैयाँ २७ पैसा रहेको छ।

गत जेठ महिनाका पाँच दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोड ७० लाख रूपैयाँको विद्युत भारततर्फ निर्यात भएको थियो।

जेठ र असारमा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ९ रूपैया ६७ पैसा थियो।

साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख र असोजमा ४ अर्ब २ करोड ३५ लाख रूपैयाँको विद्युत भारतीय बजारमा निर्यात भएको छ।

तीन महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रूपैयाँको विद्युत निर्यात भएको हो।

साउन, भदौ र असोजमा भारततर्फ निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रतियुनिट क्रमशः ८ रूपैयाँ ४३ पैसा, ११ रूपैयाँ ९७ पैसा र १० रूपैयाँ २० पैसा रहेको छ।

विद्युत निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा क मगर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको छ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ।

 

Tags: