post-slider post-slider

इजरयालले अस्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

Image
A A

काठमाडौं- इजरायलले हमासविरूद्ध युद्धविराम गर्न अस्वीकार गरेको छ।

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले युद्धविराम गर्न अस्वीकार गरेका हुन्।

‘युद्धविराम गर्नु भनेको हमास र आतंकवादसँग आत्मसमर्पण गर्नु हो,’ युद्धविरामका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूको आग्रह अस्वीकार गर्दै उनले भने,‘यस्तो हुने छैन। इजरायलले विजय नभएसम्म यो लडाइँ लडिरहने प्रतिज्ञा गरेको छ।’

अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले आफ्नो भूमिमा आक्रमण गरेपछि इजरायलले हमासविरूद्ध युद्धको घोषणा गरेको छ।

हमासले गरेको आक्रमणमा इजरायलका १४ सय जना मारिएका थिए भने २३० नागरिकलाई बन्धक बनाएको थियो।

त्यसयता इजरायलले हमास शासित गाजाविरूद्ध हवाइका साथै स्थलमार्गबाट लगातार आक्रमण गरिरहेको छ।

इजरायल आक्रमणका कारण गाजाभित्र लामो समयदेखि अपेक्षित स्थल युद्ध भइरहेको थियो।

सेनाले उत्तरी गाजा क्षेत्रमा इजरायली पैदल सेनाका तस्बिर जारी गरेको छ। प्रत्यक्षदर्शीहरूले गाजाको बाहिरी भागमा ट्यांकहरू रेको बताएका छन्।

इजरायलले २४ घन्टामा ६ सय लक्ष्यमा निशाना बनाएको बताएको छ। यो अहिलेसम्मको सबैभन्दा ठूलो बमबारीमध्येको एक हो।

प्रधानमन्त्री नेतान्याहूले युद्धले हमासलाई अन्त्य पार्ने बताएका छन्।

हमास समाप्त भएपछि यस्ता समूहका हमलाहरू नदोहोरिने उनको भनाइ छ।

संयुक्त राष्ट्रसंघले बारम्बार मानवीय युद्धविरामका लागि आह्वान गरिरहेको छ।

 

Tags: