post-slider post-slider

भारतका तीन राज्यमा मतदान सुरु, रातिसम्म नतिजा आउने

Image
A A

एजेन्सीः भारतको राज्यसभाअन्तर्गत १५ सिटमा आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ।

उत्तर प्रदेश, हिमाचल प्रदेश र कर्नाटकमा मतदान भइरहेको छ। बेलुका ५ बजेपछि मतगणना सुरु हुनेछ। रातिसम्म नतिजा आउने अपेक्षा गरिएको छ।

उत्तर प्रदेशका १०, कर्नाटकका ४ र हिमाचल प्रदेशमा १ सिटमा चुनाव हुँदैछ। तीनवटै राज्यमा क्रस भोटिङको सम्भावना रहेको छ। किनकि १५ सिटका लागि १८ जना उम्मेदवार मैदानमा छन्।

उत्तर प्रदेशमा समाजवादी पार्टीका ८ जना विधायकमाथि सस्पेन्स छ। १५ राज्यहरूमा ५६ राज्यसभा सिटहरू खाली छन्, जसमध्ये १२ राज्यहरूमा ४१ सिटहरूमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भइसकेका छन्।

Tags: