post-slider post-slider

एमालेले सरकारलाई बुझायो ७५१ बुँदे ज्ञापनपत्र

Image
A A

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेल ७५१ मागसहितको ज्ञापनपत्र सरकारलाई बुझाएको हो।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको हो।

गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सम्पन्न गरेको संकल्प यात्राका क्रममा स्थानीयहरूले माग गरेका विषय र आफूहरूको अध्ययन र अनुभवले देखाएका कुराहरू समेटेर ७५१ बुँदे मागसहितको ध्यानाकर्षणपत्र एमालेले बुझाएको हो।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अभियानको क्रममा अनुभूत गरेका यहाँका सम्भावना र चुनौतीहरू समेटेर ध्यानाकर्षणपत्र बुझाएको बताए।

उनले विभिन्न ४६ क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग बुझाएको जानकारी दिए।

गण्डकीबाट १६१, कोसीबाट १७०, सुदूरपश्चिमबाट १३५, बागमतीबाट ११३, कर्णालीबाट ८९, लुम्बिनीबाट ७५ र मधेसबाट ८ वटा माग रहेको ज्ञवालीले बताए।

एमालेले बुझाएको ध्यानाकर्षणपत्रमा अधिकांश मागहरू सडक, शिक्षा, पर्यटन, कृषि, फलफूल र स्वास्थ्यसम्बन्धी बढी माग रहेका छन्।

उनले उद्योग, ऊर्जा, मोटरेबल पुल, सिँचाइ, भवन निर्माण, संस्कृति संरक्षण, भूमि व्यवस्था, बस्ती विकास, खेलकुद, जातीय विभेदलगायतका विषयहरू जनताको प्राथमिकतामा रहेको बताए।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यी विषयलाई आफूले गम्भीरताका साथ लिएको र एमालेको अभियानले लोकतन्त्र बलियो बनाउन मदत गरेको बताएको ज्ञवालीले जानकारी दिए।

सुझावलाई दराजमा थन्क्याउने नभइ कार्यान्वयन गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले दिएको उनले बताए।

 

Tags: