post-slider post-slider

गणतन्त्रमाथि नै प्रश्न उठाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने प्रयासहरू भइरहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित स्थानीय सरकार अपेक्षा र अवस्था, पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले विभिन्न कोणबाट सङ्घीयतामाथि, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने जर्मकोहरू भइरहेको भन्दै यस्तो अवस्थामा पुस्तक लोकार्पण गरेर स्थानीय तहको बारेमा जनताको अपेक्षा के हो भनेर चर्चा गर्नु राम्रो कुरा भएको बताएका हुन्। 

उनले भने,‘अहिले विभिन्न कोणबाट सङ्घीयतामाथि सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने जर्मकोहरु भइरहेका छन्। यस्तो अवस्थामा हामी पुस्तक लोकार्पण गरेर स्थानीयतहको बारेमा जनताको र हाम्रो पनि अपेक्षा के हो भनेर चर्चा गरेका छौँ।’

उनले संरक्षित क्षेत्र बनाउन चाहना हुँदाहुँदै पनि संवैधानिक व्यवस्थाअनुसार अगाडि जान खोज्दा खोज्दै पनि नसकेको गुनासो गर्दै, अझै पनि त्यो विषय सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने सन्दर्भमा महत्पूर्ण रहेको टिप्पणी गरे।  

स्थानीय तह र संघ प्रदेशको कल्पना गर्दै गर्दा सोचेको सपना नै जनतालाई अधिकार सम्पन्न तुल्याउने रहेको उनको भनाई छ।

Tags: