post-slider post-slider

बारामा हवाई फायर गरी गाँजा तस्कर पक्राउ

Image
A A

काठमाडौं- बारा प्रहरीले हवाई फायर गरी गाँझा तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहट विजयपुर नगरपालिका-४ का २३ वर्षीय चन्दन पासवान छन्।

बिहीबार इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले पचरौता नगरपालिका-४ इनर्वाबाट पासवानलाई पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।

उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक राउन्ड हवाई फायर गरेको न्यौपानेले बताए।

पासवान उक्त स्थानमा गाँजा राखिरहेका थिए। करिब साढे १ बजे प्रहरी टोली पुगेपछि उनी भाग्न खोजे। यसपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर उनलाई नियन्त्रणमा लिएको थियो।

उनले लुकाएर राखेको २३० किलो गाँजा प्रहरीले बरामद गरेको छ। बरामद गाँजाबारे अनुसन्धान थालिएको न्यौपानेले बताए।

Tags: