post-slider post-slider

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

Image
A A

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।

बुधबारका लागि पार्टी कार्यालय सानेपामा बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको हो।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनमा शोक व्यक्त गर्दै बैठक स्थगित भएको जानकारी दिए्।

साउन २ गते दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक स्थगित भएको उनले बताएका छन्।

६९ वर्षीय दाहालको उपचारका क्रममा बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो।

पार्टी नेताहरूको चर्को दबाबपछि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक वर्षपछि बुधबारका लागि डाकिएको थियो।

विधानमा हरेक दुई महिनापछि  केन्द्रीय समिति बैठक बस्ने व्यवस्था भए पनि सभापति शेरबहादुर देउवाले बैठक बोलाएका थिएनन्।

पछिल्लो समय कतिपय केन्द्रीय सदस्यले बैठक बोलाउन लिखित निवेदन नै दिएका थिए। पार्टीभित्र चर्को दबाब बढ्न थालेपछि एक वर्षपछि केन्द्रीय समिति बैठक बोलाइएको थियो।

यसबीचमा भएका महत्वपूर्ण राजनीतिक घटनाक्रममा केन्द्रीय कार्यसमिति छल्दै विधिविधानबमोजिम पार्टी नचलाएको, संगठन शिथिल पारेको र पार्टीलाई सत्ता राजनीतिमा मात्र प्रयोग गरेर वैचारिक धार कमजोर बनाएको आरोप सभापति देउवामाथि लाग्दै आएको छ।

 

Tags: