post-slider post-slider

‘अप्राकृतिक यौन सम्पर्क’ मुद्दामा पतिलाई ९ वर्ष कैद

Image
A A

काठमाडौं- भारत छत्तीसगढस्थित दुर्ग जिल्लाको एउटा ‘फास्ट–ट्र्याक कोर्ट’ ले पत्नीलाई अप्राकृतिक यौन सम्पर्क गर्न बाध्य पारेको भन्दै पतिलाई कठोर श्रमसहित ९ वर्ष कैद र १० हजार भारतीय रूपैयाँ जरिवाना सुनाएको छ।

त्यसबाहेक पत्नीलाई कुटपिट गरेको आरोपमा एक वर्षको थप कैद र एक हजार भारतीय रूपैयाँ जरिवाना पतिले तिर्नुपर्नेछ।

भारतमा वैवाहिक बलात्कार र अप्राकृतिक यौन कृत्यबारे बहस भइरहेका बेला यो फैसला आएको हो।

यसै साता सोमबार राष्ट्रपति द्रौपदी मुर्मूले भारतीय न्याय संहितासमेत तीन विधेयकमाथि आफ्नो मन्जुरी दिएकी छन्।

नयाँ भारतीय न्याय संहितामा अप्राकृतिक यौन कृत्यको धारा ३७७ लाई हटाइएको छ।

दुर्ग अदालतको फैसलापछि पति निमिष अग्रवाललाई जेल हालिएको छ।

पति र पीडित महिला दुवैका परिवार ठूला कारोबारसँग जोडिएका छन्।

फैसलापछि पीडित महिलाले भनिन्,‘मलाई हर  तरिकाले प्रताडित गरियो। म मानसिक शारीरिक, सामाजिक र आर्थिक रूपमा प्रताडित भइरहेँ। म लाजका कारण अप्राकृतिक यौन सम्बन्धलाई उजागर नगर्ने अरू महिलाहरूलाई पनि आफ्नो हकका लागि आवाज उठाउन आग्रह गर्छु।’

अप्राकृतिक यौन सम्बन्धको मामिला होस् या कुटपिटको या दाइजो प्रताडनाको कानुनले मदत गर्ने उनले बताएकी छन्।

पीडितका वकिल निरज चौबेका अनुसार यो मामिलामा पीडितका सासूससुरलाई पनि १० महिनाको सजाय सुनाइएको छ। 

त्यस्तै पीडितकी नन्दलाई पनि ६ महिनाको सजाय सुनाइएको छ।

अदालतमा दायर मुद्दाका अनुसार दुर्गका कारोबारी अग्रवालको बिहे १६ जनवरी २००७ मा दुर्गकै एक व्यापारीकी छोरीसँग भएको थियो।

बिहे छिनिएपछि निमिष र उनका पिताले पैसा अभाव रहेको भन्दै पीडितसँग माग्न सुरू गरेका थिए। बिहेपछि पैसा माग्ने काम थप बढ्यो।

पीडितको दाबी छ कि उनका बाबुले बिहे छिनिएपछि अलगअलग समयमा तीन करोड पाँच लाख रूपैयाँ बुझाए।

तर निमिष र उनका परिवार थप १० करोड रूपैयाँ र एक बिएमडब्ल्यू कारको मागमा अडिरहे।

त्यसपछि पीडितमाथि कुटपिट सुरू भयो। त्यसमा निमिषका पिता, माता र बहिनी पनि सामेल हुन्थे।

त्यसपछि पतिले पीडितसँग अप्राकृतिक यौन सम्पर्क थालेको आरोप लगाइएको छ।

त्यस क्रममा पतिले पोर्न फिल्म हेर्ने र पीडितसँग त्यस्तै भिडियो पनि बनाउने पीडितको भनाइ छ।

जानकारहरू यो फैसला असाध्यै महत्वपूर्ण रहेको बताउँछन्। यस्ता मुद्दाबाट समाजमा एक प्रकारको बुझाइ पनि विकास हुन सहयोग पुग्ने ठानिन्छ किनभने यस्ता विषयमा निकै कम चर्चा हुने गर्छ।

 

Tags: