post-slider post-slider

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ।

नेपाल भ्रमणमा शुक्रबार काठमाडौं आएका विदेशमन्त्री लू र सभापति देउवाबीच देउवा निवास धुम्बराहीमा भेटवार्ता भएको हो।

सभापति देउवालाई भेट्न लू धुम्बराही पुगेका थिए।

भेटमा नेपाल– अमेरिका सम्बन्धलाई मजबुत बनाउने विषयमा रचनात्मक छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ। 

एकदिने नेपाल भ्रमणको क्रममा काठमाडौं आएको लूको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

सहायक विदेशमन्त्री लू दक्षिण तथा मध्य एसिया मामिलामा दख्खल राख्ने अमेरिकी कूटनीतिज्ञमध्येमा पर्छन्। दुई वर्षअघि दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त हुनुअघि उनी दुई मुलुकमा राजदूत भइसकेका छन्।

३० वर्षभन्दा बढी अमेरिकी कूटनीतिक सेवामा काम गरिसकेका लूसँग नयाँ दिल्लीस्थित अमेरिकी दूतावास र पाकिस्तानस्थित अमेरिकी दूतावासमा काम गरिसेकेको अनुभव छ।

 

Tags: