post-slider post-slider

रूसी विमान अफगानिस्तानमा दुर्घटना

Image
A A

काठमाडौं- अफगानिस्तानमा रूसी जहाज दुर्घटना भएको छ।

रसियन नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएअनुसार भारतबाट उडेको विमान अफगानिस्तानमा दुर्घटना भएको हो।

विमान भारतबाट उडेर उज्वेकिस्तान हुँदै मस्कोतर्फ गइरहेको बताइएको छ।

रसियाली अधिकारीहरूका अनुसार जहाजमा ६ जना यात्रु थिए र त्यो विमान चार्टर गरिएको थियो।

जहाज अफगानिस्तानको बदाक्षन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटना भएको अफगानिस्तानको टोलो समाचार संस्थाले जनाएको छ।

रूसका अधिकारीहरूले आइतबार भारतबाट उडेको जहाज अफगानिस्तानको आकाशबाट रडारसँग सम्पर्कविच्छेद भएको जनाएका छन्।

अफगान प्रहरीले भने उक्त जहाज दुर्घटना भएको रिपोर्ट प्राप्त भएको भनेको समाचार संस्था रोयटर्सले जनाएको छ।

अधिकारीहरूका अनुसार उक्त जहाज चार्टर गरिएको एयर एम्बुलेन्स हो।

दुर्घटनास्थल प्रान्तीय राजधानी फैजादबादबाट २ सय किलोमिटर टाढा विकट क्षेत्रमा पर्दछ। त्यहाँ पुग्न १२ घण्टासम्म लाग्ने बदाक्षन प्रान्त सरकारका प्रवक्ता जबिहुल्लाह अमिरीले बताएका छन्।

 

Tags: