post-slider post-slider

सामान्य प्रशासन मन्त्रालयका १०३ कर्मचारी कारबाहीमा

Image
A A

काठमाडौं-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १०३ जना कर्मचारी कारबाहीमा परेका छन्।

कार्यालय समयमा उपस्थित नभएका मन्त्रालयका १०३ जना कर्मचारी कारबाहीमा परेका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको निर्देशनमा सचिव कृष्णहरि पुष्करले सोमबार मन्त्रालयमा छड्को जाँच गरेका थिए।

जाँचका क्रममा बिहान सवा १० बजेसम्म पनि कार्यालयमा उपस्थित नभएका कर्मचारी कारबाहीमा परेका हुन्।

कारबाहीमा परेका कर्मचारीहरुको सोमबारको हाजिरीमा रातो लगाइएको छ। सचिव पुष्करले ती कर्मचारीहरुको हाजिरीमा रातो लगाएका हुन्।

कारबाहीमा पर्नेमा सहसचिव १ जना उपसचिव २३ जना छन्। त्यसैगरी ३६ जना शाखा अधिकृत र ४१ जना नायब सुब्बा तथा सहायकस्तरका कर्मचारी कारबाहीमा परेको मन्त्री मोदीको निजी सचिवालयले जनाएको छ।

यसैबीच मन्त्रालयको अतिरिक्त समूहमा रहेका १८ जना उपसचिवहरुको सरुवा भएको छ।

अतिरिक्तमा रहेका १८ जना उपसचिवहरुमध्ये  ५ जनाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएको छ। बाँकी सबैको विभिन्न जिल्लास्थित जिल्ला समन्वय समितिमा सरुवा भएको छ।

 

Tags: