post-slider post-slider

'अर्थतन्त्रले सुधारको गति नलिएर अर्को वर्ष बैंकहरूले लाभांश दिन सक्दैनन्'

Image
A A

काठमाडौँ - अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरूले लाभांश दिन नसक्ने नबिल बैंकका सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले बताएका छन्।

सीईओ ढुंगानाले महिला आर्थिक पत्रकार संघ (फेजा)ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै यस्तो बताएका हुन। विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैंकमा परेको उनको भनाइ छ।

अहिले बजारमा खरिदबिक्रीदेखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको उनले बताए। जसले गर्दा बैंकको रिकभरीमा नराम्रोसँग हिट गरेको उनले बताए।

जसले गर्दा अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरूले थप समस्या झेल्नुपर्ने बताए। अहिले मुलुकमा पुँजीगत खर्च बढाउने भन्दा पनि बजेट घटाउने परिपाटी सही नभएको उनको भनाइ थियो।

यसले अर्थतन्त्र सकरात्मक गतिमा नजाने उनले बताए। साधारण खर्चकै लागि ऋण उठाउनुपर्ने स्थितिले अर्थतन्त्र सहज नभएको पनि उनले बताए।

कार्यक्रम महिला आर्थिक पत्रकारिता संघकी अध्यक्ष शर्मिला ठकुरीले महिलाको क्षमता विकासमा सहयोग गर्न कार्यक्रम गर्न लागिएको बताइन्। प्रमुख अतिथि डा निलम ढुङ्गानाले कार्यक्रम उद्घाटन गरेकी थिइन्। कार्यक्रमको सहआयोजक नबिल बैंक थियो।

Tags: