post-slider post-slider

सञ्चार सचिवसहित १७ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

Image
A A

काठमाडौं- काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरूलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।

यसअघि अदालतले पहिलोपटक ७, दोस्रोपटक ७ र तेस्रोपटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

 

Tags: