post-slider post-slider

घट्यो आयात, दुई महिनामा २ खर्ब ५९ अर्बको आयात

Image
A A

काठमाडौं- चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मुलुकमा कुल २ खर्ब ५९ अर्ब ७४ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ।

यो आयात रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशत कम हो।

आयात घट्दा मुलुकको व्यापार घाटामा पनि कमी आएको छ। यो साउन र भदौ महिनामा मुलुकको व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० करोडमा खुम्चिएको छ।

जबकि गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ४४ अर्ब ९१ करोड रूपैयाँ व्यापार घाटा थियो।

गत आर्थिक वर्षको यही अवधिमा सवारीसाधन, महँगा मोबाइलसहित विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा पनि २ खर्ब ७३ अर्ब ५९ करोड रूपैयाँ वस्तुको आयात भएको थियो।

यो वर्ष पोहोरको समीक्षा अवधिभन्दा करिब १४ अर्ब रकम आयात भएको छ।

आयातका साथै निर्यात पनि समीक्षा अवधिमा ७.७ प्रतिशत घटेको छ। यो साउन र भदौमा २६ अर्ब ४४ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

गत वर्षको यो दुई महिनामा २८ अर्ब ६८ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।

 

Tags: