post-slider post-slider

सरकारले जाजरकोट र रुकुम पश्चिममा ५ / ५ करोड रूपैयाँ पठाउने

Image
A A

काठमाडौं- सरकारले जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन कोषमा तत्काल पाँच / पाँच करोड रूपैयाँ पठाउने भएको छ।

तत्कालको राहतका लागि स्वीकृत मापदण्डबमोजिम खर्च गर्ने गरी जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट यो रकम पठाउने निर्णय भएको हो।

शनिबार गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो।

बैठकले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम जिल्लामा खोज, उद्धार तथा उपचारका कार्यलाई पहिलो प्राथमिकता दिइ सम्पन्न गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै सुरक्षा फौजबाट विपद उद्धारका लागि आवश्यक सामग्रीसहितका जनशक्ति खटाइएकोमा सशस्त्र प्रहरी बलबाट खोज उद्धार तथा व्यवस्थापनका लागि विशेष तालिमप्राप्त टोली पठाउने निर्णय बैठकले गरेको छ।

विपदमा खोज, उद्धार, उपचार र समन्वयका लागि सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक केन्द्र तोकी आवश्यक्ताअनुसार जनशक्ति र साधन श्रोत परिचालन गरिने भएको छ।

 

Tags: