post-slider post-slider

टी-२० विश्वकप : बंगलादेशमाथि दक्षिण अफ्रिका ४ रनले विजयी

Image
A A

काठमाडौं- दक्षिण अफ्रिकाले बंगलादेशमाथि रोमाञ्चक जित हासिल गरेको छ।

जारी टी-२० विश्वकपको समुह डी अन्तर्गतको गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजित गरेको हो। दक्षिण अफ्रीकाले दिएको ११४ रनको लस्क्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै १०९ रन मात्र बनाएको थियो।

बंगलादेशका लागि तोविद हृदोयले सर्वाधिक ३७ रन बनाएका थिए भने दक्षिण अफ्रिकाका बलर केसव महाराजले ३ तथा कागीसो राबाडा र एनरीच नोकियाले २-२ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउँदै ११३ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ४६ तथा डेविड मिलरले २९ रन बनाएका थिए।

यो यस विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित हो। समूह डी मा ३ खेलमा ६ अंक हासिल गर्दै दक्षिण अफ्रिका शिर्ष स्थानमा रहेको छ र सुपर ८ मा पुग्ने लगभग निश्चित भएको छ। त्यस्तै बंगलादेशको भने २ खेलमा यो पहिलो हार हो। बंगलादेशले यसअघि श्रीलंकालाई पराजित गरेको थियो।

अब बंगलादेशले अर्को खेल १३ जुनमा नेदरल्याण्डससँग खेल्ने छ भने दक्षिण अफ्रिकाले जुन १७ मा नेपालसँग खेल्ने तालिका रहेको छ।
      

Tags: