post-slider post-slider

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री साउद र इजरायलका अधिकारीबीच संवाद

Image
A A

काठमाडौं - परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुरका विपिन जोशीको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरूका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका छन्।

साउदले जोशीको हालको अवस्था पत्ता लगाउन, सुरक्षाको प्रत्याभूति गर्न र शीघ्र रिहाइ गराउने प्रयासस्वरूप हर्चसँग टेलिफोन संवाद गरेका हुन्।

संवादका क्रममा मन्त्री साउदले विद्रोही समूह हमासको नियन्त्रणमा रहेको भनिएका जोशीको वर्तमान अवस्था इजरायली स्रोतमार्फत यकिन गरिदिन, उनलाई सुरक्षाको प्रत्याभूति दिलाइदिन र आगामी दिनमा हमासको नियन्त्रणबाट बन्दी रिहाइ हुँदा पहिलो चरणमै जोशीलाई प्राथमिकतामा राखिदिन आग्रह गरे।

उनले नेपालको इजरायलसँगको ऐतिहासिक सम्बन्धका सन्दर्भमा यस मानवीय सहयोगले विशेष अर्थ राख्ने पनि बताए।
जवाफमा संयोज हर्चले इजरायलले जोशीलाई पारिवारिक सदस्यजस्तो मानेको र उनको रिहाइलाई प्राथमिकताका साथ ध्यान दिने आश्वासन दिएका छन्।

ययसअघि परराष्ट्रमन्त्री साउदले गत मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेको भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका थिए।

त्यस्तै उनले ८ मंसिरमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।

त्यसअघि मन्त्री साउदले इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइबारे छलफल गरेका थिए।

परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० देखि कतारमा सुरू हुन गइरहेको दोहा २१ औं फोरममा सहभागिता जनाउने क्रममा उच्चस्तरीय भेटमा जोशीको रिहाइका विषय गम्भीरताका साथ उठाउने बताएका छन्।

उनी दोहा २१ औं फोरममा सहभागी हुन शनिबार बिहान कतार जाँदैछन्।

 

Tags: