post-slider post-slider

काठमाडौंमा गोली चल्यो

Image
A A

काठमाडौं- काठमाडौंको गोठाटारमा गोली चलाएको छ। लागुऔषध कारबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो।

भारतको पश्चिम बंंगाल घर भएका मोहम्मद करिमलाई नियन्त्रणमा लिन गोली चलाइएको उपत्यका अपराध नियन्त्रण अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताएका छन्।

गोली हानेर प्रहरीले करिमलाई नियन्त्रणमा लिएको छ।

उनको साथबाट प्रहरीले एक थान पेस्तोलका साथै दुई सय ग्राम खैरो हेरोइनजस्तो पदार्थ र तराजु बरामद गरेको छ।

प्रहरीले चलाएको एक राउन्ड गोली करिमको खुट्टामा लागेको छ।

 

Tags: