post-slider post-slider

नशामा डुबेका यात्रुले विमान परिचारकलाई टोकेपछि...

Image
A A

काठमाडौं- अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एयरवेज (एएनए) को विमान परिचालकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फर्काइएको जापानी वायुसेवा कम्पनीले जनाएको छ।

एनएनएका प्रवक्ताले एएफपीलाई बताएअनुसार ५५ वर्षीय एक अमेरिकी नागरिकले मदाक पदार्थ सेवन गरेर चालक दलका सदस्यको पाखुरामा टोकेका थिए।

यो घटनाका कारण १५९ यात्रुसहित आकाशमा उडिरहेको विमानलाई चालकले प्यासिफिकको हनेदा विमानस्थल फर्काएका थिए।

जापानी प्रसारक टिबिएसबाट प्रसारित समाचारमा ती यात्रुले अनुसन्धानकर्तासँग आफ्नो व्यवहारबारे आफूलाई पटक्कै याद नभएको बताइएको छ।

यस घटनालाई जोम्बी चलचित्रको सुरुवातसँग तुलना गर्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले घटनाबारे पोस्टहरु सार्वजनिक गरेका छन् भने केहीले यस वर्ष अहिलेसम्म भएका जापानी हवाइ घटनाबारे दुःख व्यक्त गरेका छन्।

 

Tags: