post-slider post-slider

इजरायली आक्रमणमा परी गाजामा कम्तिमा २५ जनाको मृत्यु

Image
A A

काठमाडौं- इजरायलले गाजा सहरमा गरेको हवाइ आक्रमणमा परी कम्तिमा २५ जनाको मृत्यु भएको छ।

इजरायलले बुधबार पछिल्लो हवाइ आक्रमण गरेको हो।

गाजा सहरको दराजनजिकैको भग्नावशेषबाट २५ जनाको शव निकालिएको प्रतिवेदनमा जनाइएको छ।

इजरायली हवाइ आक्रमणमा परी दर्जनौं घाइते भएका छन्।

गाजास्थित स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा इजरायली आक्रमणमा गाजापट्टीमा १६३ प्यालेस्टाइनीको मृत्यु भएको र ३५० जना घाइते भएको जनाएको छ।

यससँगै स्ट्रिपमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या २४ हजार ४४८ र घाइतेहरुको संख्या ६१ हजार ५०४ पुगेको छ।

Tags: