post-slider post-slider

दुई किलो सुनसहित रसुवामा एक जना पक्राउ

Image

रसुवा - प्रहरीले रसुवाबाट सुनसहित एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा गोसाइँकुन्ड गाउँपालिका-३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामा रहेका छन्।

लामालाई बिहीबार बेलुका कालिका गाउँपालिका-१ ग्राङबाट पक्राउ गरिएको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले बताए।

अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४३ प २४३४ नम्बरको मोटरसाइकललाई चेकजाँच गरेको थियो। यसक्रममा मोटरसाइकलमा सवार लामाले लगाएको दुबै जुत्ताभित्र लुकाएर ल्याएको सुन बरामद भएको भट्टराईले बताए।

सुनसहित लामालाई भन्सार कार्यालय रसुवा पठाइएको छ। यस सम्बन्धमा भन्सार र प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Tags: