post-slider post-slider

‘सरकार ढाल्ने षडयन्त्र गरिरहेका छन्, तर सफल हुँदैनन्’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार ढाल्न विभिन्न खालका षडयन्त्रहरू भइरहेको बताएका छन्।

पार्टीको प्रशिक्षण कार्यक्रमलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले यस्तो बताएका छन्।

‘गठबन्धन तोड्ने अनि सरकार ढाल्ने धेरै कसरत भइरहेको छ। तर, सफल हुँदैन,’ उनले भने।

प्रचण्डले सरकार ढाल्ने कोसिस गर्नेहरू विस्तारै जनताको नजरमा गिर्दै गइरहेको उल्लेख गरे।

कुनै ठूलो घटना नभए यो गठबन्धन पाँच वर्ष नै चल्ने उनको भनाइ छ।

‘सरकारविरूद्ध विभिन्न खालका षडयन्त्र त भइरहेका छन्। तर, कसैको केही लाग्ने मैले देखेको छैन,’ उनले भने,‘जति बल गरेका छन्, त्यति उनीहरू जनताको नजरम ागिर्दै गएका छन्। गठबन्धन पाँच वर्ष नै जानेछ, मैले त्यही देखेको छु, अहिलेसम्म।’

प्रधानमन्त्री प्रचण्डले अहिले अतिवादी विचार र प्रवृत्तिहरू कहीँ धार्मिक, कतै जातीय माध्यमबाट परिवर्तन उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न उद्यत रहेको जिकिर गरे।

 

Tags: