post-slider post-slider

एसइई हटाउँदा विद्यार्थीको गुणस्तर खस्कन्छ : राष्ट्रिय परीक्षा बोर्ड

Image
A A

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) नहटाउन सुझाव दिएको छ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै बोर्डका अध्यक्ष कक्षा १० मा लिइने एसइई हटाउन नहुने बताएका हुन्।

विद्यार्थीहरुको गुणस्तर मापन गर्ने विधि नै परीक्षा भएको भन्दै उनले कक्षा १० मा लिइने परीक्षा हटाएमा विद्यार्थीको गुणस्तर खस्किने बताए।

उनले एसइई हटाउँदा विद्यार्थीहरुले राम्रो गर्छन् भन्नेमा आफूलाई विश्वास नभएको उल्लेख गरे।

अध्यक्ष शर्माले कक्षा ८ पछि एकैपटक १२ कक्षाको परीक्षा लिँदा विद्यार्थीहरुको उतीर्ण हुने दर घट्ने बताए।

उनले कक्षा १० मा अनुतीर्ण विद्यार्थी पुनः भर्ना भएर पढ्नसक्ने तर कक्षा १२ मा अनुतीर्ण भए उमेरको कारणले पुनः पढ्न मन नगर्ने मनोवैज्ञानिक पाटोको पनि ख्याल गर्नुपर्ने बताए।

कक्षा १० मा परीक्षा आवश्यक रहेको बताउँदै उनले केन्द्रले नगरीकन प्रदेस तहले गर्नसक्ने उल्लेख गरे।

कोभिड महामारीपछि कक्षा ११ को परीक्षा पनि सम्बन्धित विद्यालयले नै लिइराखेको उल्लेख गर्दै शर्माले सो कक्षामा सतप्रतिशत विद्यार्थी उतीर्ण भइरहेको बताए।

कक्षा ११ मा शतप्रतिशत विद्यार्थी हुने तर कक्षा १२ मा आधा विद्यार्थी अनुतीर्ण हुने हुँदा विद्यालयले गर्ने मूल्यांकनमाथि प्रश्न उठ्ने उनको भनाइ छ।

 

Tags: