post-slider post-slider

त्रिवि शिक्षण अस्पतालका एक डाक्टर पक्राउ

Image
A A

काठमाडौं- नक्कली शैक्षिक प्रमाणपत्र भएको आशंकामा प्रहरीले काठमाडौंबाट एक जना डाक्टरलाई पक्राउ गरेको छ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर सम्बुद्ध भट्टाचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आशंकामा उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका भट्टाचार्यले आफू चीनमा अध्ययन गरेको दाबी गरेका छन्।

तर, प्रहरीले उनीसँग अध्ययन गरेका प्रमाणपत्रहरू माग गर्दा उनले सक्कली प्रमाणपत्रहरू देखाउन सकेका छैनन्।

 

Tags: