post-slider post-slider

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने, रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन

Image
A A

काठमाडौं- सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको अध्ययन गर्ने भएको छ। बजेटमा नै व्यवस्था गरेर सरकारले गाँजा खेतीका लागि अध्ययन गर्ने भएको हो।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले गाँजा खेतीको अध्ययन गरिने बताए।

पछिल्लो समय गाँजा खेतीलाई वैधानिकता दिएर आम्दानीको स्रोत बढाउनुपर्ने माग उठिरहेको थियो।

यस्त सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रूपैयाँ विनियोजन गरेको छ।

यो रकम चालु आर्थिक वर्षमा विनियोजन गरिएको भन्दा दोब्बर हो।

मन्त्री महतले रासायनिक मल खरिद प्रक्रियामा सुधार गरी समयमै आपूर्ति सुनिश्चित गरिने पनि बताए।

 

Tags: